भिजिट भिसा प्रकरण: थप ६ कर्मचारी तानिए
प्रकाशित मिति
२०८२ जेष्ठ ९ गते, शुक्रबार ०४:१२
काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन तथा कार्यसम्पादन सुधार गर्न गृह मन्त्रालयले थप ६ जना कर्मचारीलाई सरुवा गरेको छ। यसअघि प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीको सरुवा गरेको मन्त्रालयले, बिहीबार थप नायब सुब्बाहरूलाई तानेको हो।
कर्मचारी प्रशासन महाशाखाबाट प्राप्त सूचीअनुसार सरुवा गरिएका नायब सुब्बाहरूलाई विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा खटाइएको छ। तीमध्ये युवराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, दत्त लामालाई जाजरकोट, गोविन्दप्रसाद अधिकारीलाई गोरखा, र तेजराज गौतमलाई बागलुङ पठाइएको छ।
मन्त्रालय स्रोतका अनुसार सरुवा निर्णय बिहीबार गरिए पनि कर्मचारीहरूलाई दिइएको पत्रमा मिति मंगलबारको उल्लेख गरिएको छ।
सरुवाको यो प्रक्रिया भिजिट भिसासम्बन्धी अनियमितता र आरोपहरूपछि मन्त्रालयद्वारा सुरु गरिएको सुधार प्रयासका रुपमा हेरिएको छ









प्रतिकृया