• २१ असोज २०८३, बुधबार
  • ७ः१३ बिहान

सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने

प्रकाशित मिति

२०८२ जेष्ठ १ गते, बिहीबार ०१:०८

काठमाडौँ , नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पद निलम्बित हुने भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेका कारण उनको सांसद पद निलम्बित हुने भएको हो । टेरामक्स घोटालामा संलग्न भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

National Life

अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ । मुद्दा दायर गरेसँगै बस्नेतको सांसद पद स्वतस् निलम्बन हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताएका छन् ।

‘भ्रष्टाचार मुद्दा चलेसँगै उहाँको पद स्वतस् निलम्बनमा जान्छ । अब अख्तियारले संसद सचिवालयलाई मुद्दा लगाएको पत्र पठाउँछ’, उनले भने, ‘उक्त पत्र प्राप्त भएपछि सभामुखले सम्भवतस् शुक्रबारको संसद् बैठकमा बस्नेतको सांसद पद निलम्बनमा परेको पत्र पढेर सुनाउनु हुन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया