• २१ जेठ २०८३, बिहीबार
  • ७:१६ बिहान

संसद्‌मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

प्रकाशित मिति

२०८२ बैशाख ३० गते, मंगलवार ०८:२९

वैशाख ३० २०८२ काठमाडौँ :संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने रहेको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ। त्यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ।

संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) मा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची तय भएको छ।

Kamana Sewa

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसअघि वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरेका थिए। सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो।

Classic Tech Desktop

प्रतिकृया