• २ असोज २०८३, शुक्रबार
  • ८ः४४ बिहान

‘अपरेसन सिन्दूर’को जवाफमा पाकिस्तानले शुरु गर्‍यो ‘बुनयान-मर्सूस’

प्रकाशित मिति

२०८२ बैशाख २७ गते, शनिबार ०८:४६

 भारतको ‘अपरेसन सिन्दूर’विरुद्ध पाकिस्तानी सेनाले जवाफी कारबाही शुरु गरेको छ। पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले ‘बुनयान-मर्सूस’ को नामको जवाफी कारबाही शुरु गरेको जनाएको हो। ​बुनयान मर्सूसको अर्थ एक दृढ, एकीकृत मोर्चा भन्ने हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो अपरेसनको नाम कुरानबाट लिइएको हो, यसले राष्ट्रको सुरक्षा गर्न सेनाको एकता, शक्ति र अनुशासनमाथि जोड दिन्छ। इस्लाममा यसलाई एकता, अनुशासन र संकल्पको प्रतिकको रूपमा लिइन्छ ।

National Life

सञ्चारमाध्यमका अनुसार यो अपरेसनअन्तर्गत पाकिस्तानले भारतको उधमपुर शहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको छ। भारतको एएनआई समाचार एजेन्सीले डिब्बर क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरिरहेको छ। एएनआईले पोष्ट गरेको भिडियो क्लिपमा विस्फोट भएको भनिएको क्षेत्रबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ।

यसैबीच पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरिफले भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरेको तर ती सबै संरचना सुरक्षित रहेको दाबी गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

भारतले रावलपिन्डीको नूर खान एयरबेस, चकवाल सहरको मुरीद एयरबेस र झांग जिल्लास्थित रफीकी एयरबेसमा आक्रमण गरेको हो। ​शरिफले भारत प्रक्षेपित केही मिसाइल अफगानिस्तान पनि पुगेको दाबी गरे। यसबारे पाकिस्तानसँग प्रमाण रहेको उनको भनाइ छ।

प्रतिकृया