अर्जुननरसिंह केसीले गरे नीति तथा कार्यक्रमको आलोचना
प्रकाशित मिति
२०८२ बैशाख २५ गते, बिहीबार ०१:२५

वैशाख २५, २०८२ काठमाडौँ: नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।
बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रममा भ्रष्टाचार, कुशासन, विधिबिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता देखाउन नसकेको भन्दै आलोचना गरेका हुन् ।
उनले नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको विषयमा नीति तथा कार्यक्रम केन्द्रीत हुनुपर्ने भन्दै यस्तो कुराको प्रतिबद्धता र इच्छाशक्तिको कमि भएको बताए ।
उनले भने, ‘हाम्रो जस्तो देशमा नीति तथा कार्यक्रम सिमान्तकृत र गरिबीको रेखा मुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा नै केन्द्रीत हुनुपर्छ । मुलुक ऋणको भारि र भ्रष्ट्राचारको महामारिले गर्दा शिकिस्त बिरामी छ । भ्रष्ट्राचार, कुशासन, विधि बिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता र इच्छाशक्ति मैले यसमा कम देखेको छु ।’
यस्तै, उनले दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाई पनि गर्न नसकेको बताउदै सरकारको आलोचना गरेका थिए ।
प्रतिकृया