• 7:38 am

आइपिएलमा सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबीच खेल हुँदै

प्रकाशित मिति

२०८२ बैशाख २२ गते, सोमबार १०:००

वैशाख २२, २०८२ काठमाडौँ: आज आइपिएल अन्तर्गत एक खेल हुदैछ ।

आज आइपिएलमा सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले १० खेलमा ६ जित र ४ हारसहित १२ अंक हासिल गर्दै पाँचौं स्थानमा रहेको छ । दिल्ली प्लेअफको दौडमा कायम रहेको छ ।

तर सनराइजर्स भने प्लेअफको दौडबाट बाहिरिइसकेको छ । सनराइजर्सले १० खेल ३ जित र ७ हारसहित ६ अंक हासिल गरेको छ र नवौं स्थानमा रहेको छ ।

यस सिजनमा सनराइजर्स र दिल्लीबीच मार्च ३० मा भएको खेल दिल्लीले ७ विकेटले जितेको थियो ।

प्रतिकृया