• ३ असोज २०८३, शनिबार
  • १२ः१८ दिउँसो

कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न, लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप

प्रकाशित मिति

२०८२ बैशाख २१ गते, आईतवार ०३:४२

वैशाख २१, २०८२ काठमाडौँ: कार्ल्सबर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ । यस रोमाञ्चक एकदिवसीय गल्फ तियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् ।

National Life

प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।

‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता-२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार स्वरूप पाए । त्यस्तै ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टि लामाले रनरअपको उपाधि जिते।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी महिला तर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए । त्यस्तै सुस्मिता खड्का महिला तर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ‘ कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले ‘लङगेस्ट ड्राइभ’ को उपाधि जितेका थिए ।

त्यसैगरी मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरुलाई ट्रफी र कर्ल्सबर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो

प्रतिकृया