म्यानमारको भूकम्पका घाइतेलाई डा गोविन्द केसीले गरे उपचार
प्रकाशित मिति
२०८२ बैशाख १५ गते, सोमबार ०३:५९

वैशाख १५, २०८२ काठमाडौँ: वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले म्यान्मारमा गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार गरेका छन् । हाडजोर्नी विशेषज्ञ डा. केसी भूकम्पलगत्तै घाइतेको उपचारका लागि स्वयम्सेवकको रुपमा म्यान्मार गएका थिए ।
उनका सहयोगीले दिएको जानकारी अनुसार विगत दुई सातादेखि डा. केसीले माण्डले अर्थोपेडिक अस्पताल र माण्डले जनरल अस्पतालमा सेवा दिइरहेका छन् ।
यही २०२५ मार्च २८ तारिखका दिन म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पबाट क्षतिग्रस्त शहर माण्डलेमा घाइते व्यक्तिहरूको डा केसीले आफ्नै खर्चमा उपचार गरेका हुन् ।
डा. केसीले घाइतेको शल्यक्रियासहित ओपिडी सेवा सञ्चालन गर्नुका साथै स्नातकोत्तर तथा स्नातक तहका मेडिकल विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।
म्यानमार सरकारले सार्वजनिक गरेको विववरणअनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या करिब चार छ । अझै धेरै व्यक्तिहरू हराइरहेको विभिन्न संघ, संस्थाहरूले रिपोर्ट निकालिरहेका छन् ।
प्रतिकृया