• १ असोज २०८३, बिहीबार
  • ७ः२३ बिहान

सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार छैन : नेकपा माओवादी केन्द्र

प्रकाशित मिति

२०८२ बैशाख १० गते, बुधबार ०३:११

वैशाख १०, २०८२ काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार नरहेको बताएको छ ।

National Life

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरेर माओवादी केन्द्रले आफ्नो वैधानिक औचित्य गुमाइसकेको भन्दै एक दिन पनि सरकारमा बस्ने नैतिक अधिकार नभएको टिप्पणी गरेको हो ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले भने- ‘वर्तमान सरकार प्राविधिक रुपमा अस्तित्वमा त छ, तर वैधानिक रुपमा औचित्य गुमाइसकेको छ । यसअर्थमा आफ्नो औचित्य पुष्टि गर्न पूर्ण रुपमा असफल भएको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

सापकोटाले वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत रहेको भन्दै उनले सरकारले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए ।

प्रतिकृया