• 7:00 am

सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार छैन : नेकपा माओवादी केन्द्र

प्रकाशित मिति

२०८२ बैशाख १० गते, बुधबार ०३:११

वैशाख १०, २०८२ काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार नरहेको बताएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरेर माओवादी केन्द्रले आफ्नो वैधानिक औचित्य गुमाइसकेको भन्दै एक दिन पनि सरकारमा बस्ने नैतिक अधिकार नभएको टिप्पणी गरेको हो ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले भने- ‘वर्तमान सरकार प्राविधिक रुपमा अस्तित्वमा त छ, तर वैधानिक रुपमा औचित्य गुमाइसकेको छ । यसअर्थमा आफ्नो औचित्य पुष्टि गर्न पूर्ण रुपमा असफल भएको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन ।’

सापकोटाले वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत रहेको भन्दै उनले सरकारले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए ।

प्रतिकृया