• ४ साउन २०८३, सोमबार
  • ८:२७ बेलुका

प्रधानमन्त्री ओलीले गरे भारतको जम्मु कश्मिरमा भएको आतंकवादी हमलाको निन्दा

प्रकाशित मिति

२०८२ बैशाख १० गते, बुधबार १०:०५

वैशाख १०, २०८२ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले आतंकवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दै नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको उल्लेख गरेका छन् । पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पीडितहरूमा एक नेपाली नागरिक रहेको रिपोर्ट प्रमाणित गर्न प्रयास गरिरहेको जानकारी दिएका छन् ।

Kamana Sewa

सेनाको पोशाकमा आएका पाँच अज्ञात बन्दुकधारीले पर्यटकहरुमाथि गोली चलाउदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया