• 6:59 am

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश

प्रकाशित मिति

२०८२ बैशाख ९ गते, मंगलवार ०३:२६

वैशाख ९, २०८२ काठमाडौँ: रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउने आदेश भएको छ ।

मंगलबार सो रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको थियो । संयुक्त इजलासमा पठाउने आदेशसँगै अब नयाँ पेसी तोकिने भएको छ । कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको दाबीसहित लामिछानेकी श्रीमती निकिताले रिट दायर गरेकी थिईन् ।

रूपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्च अदालतको आदेशसँगै सोही दिन बेलुका करिब ८: ३० बजे लामिछाने पक्राउ परेका थिए । लामिछानेलाई पक्राउ गर्दा कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी थुनामा राखिएको रिट निवेदकको दाबी छ ।

प्रतिकृया