• ४ साउन २०८३, सोमबार
  • ८:२७ बेलुका

गाडीको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

प्रकाशित मिति

२०८२ बैशाख ७ गते, आईतवार १०:१६

वैशाख ७, २०८२ काठमाडौँ: सुर्खेतकाे वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

आइतबार बिहान वीरेन्द्रनगर नगरपालिका रेडियो नेपाल नजिक कर्णाली प्रदेश ०१ – ००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका-४ का ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो।

Kamana Sewa

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माकाका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको हो।

Classic Tech Desktop

प्रतिकृया