• २७ भदौ २०८३, शनिबार
  • ७ः४८ बिहान

सेयर बजार साढे आठ अंकले घट्यो, परिसूचक २६६७ विन्दुमा

प्रकाशित मिति

२०८१ चैत्र २८ गते, बिहीबार ०४:४५

चैत्र २८, २०८१ काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ८.६० अंकले घटेको छ । बजार २६६७.६ विन्दुमा कायम भएको छ ।.यस दिन पाँच अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो । एक करोड १३ लाख ८४ हजार कित्ता सेयर ४९ हजार ६३२ पटकमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

National Life

११३ कम्पनीको सेयर मूल्य बढेको छ । १३१ कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल माइक्रो फाइनान्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशले बढेको छ ।

मेन्छियाम हाइड्रोपावर, ङादी ग्रुप, राधी विद्युत् कम्पनी उच्च कमाउने शीष स्थानमा परे । समूहगत उपसूचकतर्फ जलविद्युत् ०।०९, माइक्रो फाइनान्स ०.२३, म्युचअल फन्ड ०.१९ प्रतिशतले बढेका छन् । बाँकी समूह सूचक राताम्य देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया