काठमाडौंमा आज ट्राफिक आवागमनलाई सहज बनाउन यसरी हुदैछ सवारी साधन डाइभर्सन
प्रकाशित मिति
२०८१ चैत्र २६ गते, मंगलवार ०८:२९
चैत्र २६, २०८१ काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ । यस प्रदर्शनका लागि काठमाडौँका विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध सभा गर्ने राप्रपाले तयारी गरेको छ ।
त्यस्तै काठमाडौँमा माइतीघर बबरमहल केन्द्रित भएर देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलन गत बुधबारदेखि जारी रहेको छ । त्यस्तै लघुवित्त पिडितदेखि अन्य विभिन्न विरोध प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन दैनिक रुपमा प्रभावित भईरहेको छ ।
यसैबीच मंगलबारको ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकताअनुसार सवारी साधन डाइभर्सनको व्यवस्था मिलाएको छ । ट्राफिक महाशाखाले सूचना जारी गर्दै अआज प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानबारे जानकारी गराएको छ ।
ट्राफिक प्रहरीका अनुसार निम्न स्थानमा डाइभर्सन गरिनेछ:
डाइभर्सन गरिने मुख्य स्थानहरु:-
- खसिबजार – मकालु – कलंकी चोक- बाफल ।
- बल्खु चोक- कुलेश्वर- कालीमाटी चोक- टेकु ।
- किर्तिपुर- सुन्दरीघाट- सानेपा- एकान्तकुना ।
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाईन्टहरु
- त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाईला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
कार्यक्रममा सहभागि हुन सवारी साधन लिएर आउने व्यक्तिहरुले
पार्किङ्ग गर्ने स्थानहरु :-
टियू गेट देखी चोभार सडक ।
सानेपा करिडोर सडक (दुबै तर्फ) ।
चोभार सुख्खा बन्दरगाह ।
नयाँबसपार्क ।
- सितापाईला – बाफल सडक खण्डमा एक लाईन
त्यस्तै नेपाल शिक्षक महासंघले माइतिघर मण्डलामा भेला जम्मा भइ बानेश्वर र माइतिघर सडक खण्डको विचमा, सहकारी र लघुवित्त पिडितले शान्तिबाटीकामा कार्यक्रम गर्ने भन्ने बुझिन आएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाईने महाशाखाले जानकारी दिएको छ । साथै कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य बैकल्पिक मार्गको प्रयोग गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।





प्रतिकृया