• ६ असोज २०८३, मंगलबार
  • ११ः३३ बिहान

संसद्‌मा राजेन्द्र लिङ्देनको चेतावनी: राजावादी यहाँ छ, सक्छौ भने जेल हाल

प्रकाशित मिति

२०८१ चैत्र १७ गते, आईतवार ०४:४५

चैत्र १७, २०८१ काठमाडौँ: राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।

National Life

प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि आफूले यस्तो चुनौती दिएको उनले बताएका छन् ।

लिङदेनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ।’

Classic Tech Mobile
Classic Tech Desktop

संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरुबीच आरोप–प्रत्यारोप चलेको थियो । यसअघिका सदनमा पनि माओवादी र एमालेका सांसदहरुले संसद्‌मा राजतन्त्र शब्द प्रयोगसम्म पनि प्रतिबन्ध लगाउन माग गरेका थिए ।

आज भने राजावादीलाई थुन्नुपर्ने माग उठेपछि लिङ्देन जंगिएका हुन् ।

प्रतिकृया