• ३ असोज २०८३, शनिबार
  • १ः१४ दिउँसो

अन्तिम लिग खेलमा नेपाल पुलिस क्लबको अपराजित यात्रा रोकियो, आर्मी ४ विकेटले विजयी

प्रकाशित मिति

२०८१ चैत्र १४ गते, बिहीबार ०३:४४

चैत्र १४, २०८१ काठमाडौँ: जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गरेको हो ।

National Life

पुलिसले दिएको १४९ रनको लक्ष्य पछाएको आर्मीले ४१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । आर्मीको जितमा विवेक यादवले अविजित ४१ रन बनाएका थिए भने तृतराज दासले २५, भिम सार्कीले २३ र सन्तोष कार्कीले २२ रन बनाएका थिए । त्यस्तै पुलिसका बलर ललित राजबंशीले ४ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको पुलिसले ४१.४ ओभरमा अल आउट हुदै १४८ रन बनाएको थियो । पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ५० रन बनाएका थिए भने आरिफ सेखले २२ रन बनाएका थिए । त्यसैगरी आर्मीका बलर शाहब आलमले ४ विकेट लिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आर्मीको यो जितपछि ९ खेलमा १६ अंक रहेको छ र पुलिससँग बराबरी गरेको छ । पुलिस क्लबको ९ खेलमा यो पहिलो हार हो । अब शिर्ष दुई स्थानमा रहेका पुलिस र आर्मी आइताबार पीएम कपको फाइनलमा खेल्ने छन् ।

प्रतिकृया