• ३१ भदौ २०८३, बुधबार
  • ५ः५५ बेलुका

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए सपथ

प्रकाशित मिति

२०८१ चैत्र ५ गते, मंगलवार ०४:३२

चैत्र ५, २०८१ काठमाडौँ: प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले आज९मंगलबार० पद तथा गोपनीयताको सपथ लिएका छन् ।

National Life

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले सपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम सोमबार नियुक्त गरेका थिए ।

सपथ ग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा।दीपक काफ्लेलगायत सहभागी थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम अघि बढाउन शुभकामना दिएका छन् । नवनियुक्त उपकुलपति प्राडा वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यबाहक उपकुलपति एवं रजिष्ट्रार थिए।

प्रतिकृया