• १८ भदौ २०८३, बिहीबार
  • १ः२८ दिउँसो

पूर्व अध्यक्ष थापाद्वारा एन्फा महासचिवविरुद्ध मुद्दा

प्रकाशित मिति

२०८१ फाल्गुन २७ गते, मंगलवार ०४:३६

फाल्गुण २७, २०८१ काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापाले एन्फा महासचिव किरण राई विरुद्ध अदालतमा पनि गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । यसअघि उनले साइबर ब्यूरोमा महासचिव राईविरुद्ध उजुरी दिएका थिए ।

राईले आफ्ना विषयमा बोलेको विषयलाई लिएर उजुरी गरेको थापाले बताएका छन् । थापाले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले आफूमाथि झुठा र तथ्यहीन आरोप लगाएको भन्दै कानुनी कारबाहीको प्रक्रिया अपनाउने क्रममा जिल्ला अदालतमा पनि मुद्दा दायर गरेको बताएका छन् ।

Kamana Sewa

थापाले प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘महासचिव किरण राईले ममाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि मैले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर मेरो चरित्रहत्या गर्ने प्रयास गर्नुभएको छ ।’

Classic Tech Desktop

एक टेलिभिजन अन्तर्रवार्ताका क्रममा राईले आफूमाथि रकम हिनामिनाको आरोपसहित मानसिक सन्तुलन गुमाएको जस्तो गम्भीर आरोप पनि लगाएको बताउँदै थापाले त्यसलगत्तै सामाजिक आरोप प्रमाणित गरेर कानुनी कारबाही गर्न चुनौती दिएका थिए । तर राईबाट आत्मालोचना पनि नभएपछि कानुनी बाटो रोजेको उनले बताए ।

प्रतिकृया