• ४ साउन २०८३, सोमबार
  • ८:११ बेलुका

अमेरिका र युक्रेनबीच अर्को हप्ता वार्ता हुने

प्रकाशित मिति

२०८१ फाल्गुन २३ गते, शुक्रबार ११:३०

फाल्गुण २३, २०८१ काठमाडौँ: युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने बताएका छन् ।

जेलेन्स्कीले उक्त बैठक महत्त्वपूर्ण हुने आशा पनि व्यक्त गरेका छन् । जेलेन्स्की खाडी देशमा हुने भएकोले यी वार्ताहरूमा भाग नलिने जनाएका छन् । उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताए ।

Kamana Sewa

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस-युक्रेन युद्ध अन्त्य गर्न शान्तिको लागि ‘ढाँचा’ मा छलफल गर्न चाहेको बताए ।

Classic Tech Desktop

गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो । जसको क्रममा ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको बताएका थिए । त्यस विवादपछि अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गरेको छ । साथै गोप्य जानकारी युक्रेनलाई दिन पनि बन्द गरेको छ ।

युक्रेनी राष्ट्रपतिले उक्त विवादप्रति दुस्ख व्यक्त गरेका छन् । उनी हाल देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् ।

बिहीबार विटकफले ट्रम्पले जेलेन्स्कीबाट ‘माफी’ र ‘कृतज्ञता’ सहितको पत्र प्राप्त गरेको बताए । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत रुसी नियन्त्रणमा छ ।

प्रतिकृया