• ४ साउन २०८३, सोमबार
  • ७:१० बेलुका

भूमिबाहेक पाँचवटा अध्यादेश अघि बढाउने सहमति

प्रकाशित मिति

२०८१ फाल्गुन २० गते, मंगलवार १०:३१

फाल्गुण २०, २०८१ काठमाडौँ: सरकारले भूमिसम्बन्धीबाहेक पाँच अध्यादेश अघि बढाउने भएको छ । भूमिबाहेक अरू पाँच अध्यादेश बुधबार बस्ने प्रतिनिधि सभामा स्वीकृतिका लागि प्रस्तुत गर्ने तयारी सरकारले गरेको हो ।

सत्ता साझेदार दलहरूबीच भूमिबाहेक पाँच अध्यादेश स्वीकृतिका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने सहमति भएको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार भूमिबाहेक अध्यादेशहरू बुधबार प्रतिनिधि सभा र बिहीबार राष्ट्रिय सभा बैठकबाट पास गर्ने तयारी छ ।

Kamana Sewa

भूमिसम्बन्धी अध्यादेश थप छलफल गरेर मात्रै अघि बढाइने उनले बताए । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । त्यस अगाडि गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए ।

Classic Tech Desktop

२९ पुसमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएका थिए ।

यी ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । तर, भूमि अध्यादेशमा जसपाको असहमतिका कारण सबै अध्यादेश एकैपटक संसद्बाट स्वीकृत गराउने सरकारको प्रयास सफल हुन सकेको छैन ।

अध्यादेशको आयु २७ दिन बाँकी रहेका बेला सरकार भूमि सम्बन्धी अध्यादेश रोक्न सहमत भएको हो । संसद अधिवेशन सुरु भएको ६० दिनभित्र अध्यादेश संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिकृया