• ४ साउन २०८३, सोमबार
  • २:०८ बिहान

देउवाले बोलाए काँग्रेसका शिर्ष नेताको बैठक

प्रकाशित मिति

२०८१ फाल्गुन १६ गते, शुक्रबार १२:५१

फाल्गुण १६, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएपछि सभापति देउवाले पार्टीमा छलफलका लागि दिउँसो ४ बजे निजि निवास बुढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएका हुन् ।

Kamana Sewa

बैठकमा संसद्मा पेश भएका अध्यादेश र पार्टीको भातृ संगठनको अधिवेशन लगायतका विषयमा छलफल हुने एजेण्डा रहेको बताइएको छ ।

Classic Tech Desktop

सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि अलपत्र रहेको अवस्थामा सत्ता पक्षले छलफललाई तिब्रता दिएका छन् ।

प्रतिकृया