• ४ साउन २०८३, सोमबार
  • ७:२५ बेलुका

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना

प्रकाशित मिति

२०८१ फाल्गुन ८ गते, बिहीबार १२:३६

फाल्गुण ८, २०८१ काठमाडौँ: काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुँडुवाल खोलामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धादिङबाट जन्ती पुर्‍याएर फर्किएको ना४ख ८८१७ नम्बरको बस बिहीबार बिहान ५:४० मा मोडमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

Kamana Sewa

दुर्घटनामा बसका गाडी साहु तेमाल–१ भैंसेपानीका ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ । बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई तत्काल धुलिखेल अस्पताल पठाइएको छ ।

Classic Tech Desktop

बस बिहेको लागि जन्ती पुर्‍याएर रिजर्भ सकेपछि बिहीबार बिहान नियमित क्यूमा लाग्न हिँडेको अवस्थामा दुर्घटनामा परेको तेमाल–१ का वडा अध्यक्ष इन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिकृया