• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

डोटीका बोहराले आरआर क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिने

प्रकाशित मिति

२०८१ फाल्गुन ६ गते, मंगलवार ११:०२

फाल्गुण ६, २०८१ काठमाडौँ: आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा हर्क बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। डोटी जिल्लाका बोहरा अहिले आरआर क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत छन् र स्ववियु निर्वाचनमा राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही भाग लिने निर्णय गरेका हुन्।

हर्क बोहरा स्वतन्त्र विद्यार्थी युनियनको औचित्य, अवधारणा र मान्यतालाई अनुसरण गर्दै उम्मेदवारी दिने बताउँछन्। उनले यस निर्वाचनमा भाग लिने मुख्य उद्देश्य विद्यार्थीहरूको हकहित र विकासमा ध्यान दिनु रहेको बताएका छन्। ’विश्वविद्यालयलाई स्वसाधित संस्थाको रूपमा अगाडि बढाउँदै विश्वविद्यालयको शिक्षा प्रणालीलाई थप व्यवस्थित बनाउनु पर्छ’ बोहराले भने।

Kamana Sewa

’स्वतन्त्र उम्मेदवारका रूपमा मेरो उम्मेदवारी राजनीतिक दलहरूको प्रभावबाट बाहिर राखेर, केवल विद्यार्थीहरूको वास्तविक समस्या र मागहरूमा ध्यान दिने उद्देश्यका साथ अगाडि बढ्दै छुु हर्क बोहराले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, ’स्ववियुको मुख्य उद्देश्य राजनीतिक स्वार्थभन्दा विद्यार्थीहरूको समस्यालाई प्राथमिकता दिनु हो।’

Classic Tech Desktop

बोहरा क्याम्पसका विद्यार्थीहरू बीचमा निकै प्रिय र लोकप्रिय रहेका छन्। उनी धेरै वर्षदेखि विद्यार्थीहरूको समस्यामा सक्रिय रूपमा संलग्न रहेका छन् र हरेक सन्दर्भमा आफ्ना विचार र अभिव्यक्तिहरू प्रकट गर्दै आएका छन्।

’स्ववियु निर्वाचनमा मेरो उम्मेदवारीले विद्यार्थीहरूको बीचमा नयाँ दृष्टिकोण र विचार ल्याउने विश्वास गरिएको छ’ हर्क बोहराले भने। उनले आगामी निर्वाचनलाई विद्यार्थीहरूको भविष्य र शिक्षा सुधारको अवसरका रूपमा हेरिरहेको बताए।

’यस निर्वाचनमा उम्मेदवारको चयन मात्र नभई, विद्यार्थीहरूको लागि राम्रो नेतृत्व र भविष्य निर्माणको अवसर पनि हुनेछ’ बोहराले थपे। उनले विद्यार्थीहरूको सशक्तिकरण र शिक्षाको स्तर सुधारमा सक्रिय भूमिका खेल्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया