• ५ साउन २०८३, मंगलबार
  • १२:३४ बिहान

भूपेन्द्रा बुढा स्मृति क्याम्पिएन सी क्यापअन्तर्गत पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना सुरु, नायिका गौतम सामाजिक अभियानदूतमा अनुवन्धित

प्रकाशित मिति

२०८१ फाल्गुन ४ गते, आईतवार १०:२८

फाल्गुण ४, २०८१ काठमाडौँ: कल्प इम्पावर वेमेन नेपालले पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सुरु गर्ने भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी पुथा उत्तरगंगा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष स्वर्गीय भुपेन्द्रा बुढाको नामबाट ‘भुपेन्द्रा बुढा स्मृति क्याम्पिएन सी क्याप’ अन्तर्गत पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सुरु गर्न लागिएको बताइएको हो । गत भदौ २८ गते सडक दुर्घटनामा परी भुपेन्द्राको निधन भएको थियो ।

भूपेन्द्रा कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित शी लिड्स आइकनको पहिलो संस्करणमा २७ प्रेरणादायी महिला जनप्रतिधिमा समावेश हुन सफल भएकी थिईन् । स्थानीय तहमा भूपेन्द्रा बुढाको नाममा सञ्चालन हुने यस कार्यक्रमले सर्भिकल क्यान्सरको बारेमा महिलाहरुमा जनचेतना अभिवृद्धि गर्ने, समयमै जाँच गर्ने र जीवन रक्षाको अवसर प्रदान गर्ने विश्वास आयोजक संस्थाको रहेको छ ।

Kamana Sewa

यसैभन्दर्भमा कल्प इम्पावर वेमेन नेपालले ‘सामाजिक अभियान दूत’ को रुपमा नायिका एलिजा गौतमलाई नियुक्त गरेको छ । नायिका गौतमले समाजप्रति निर्वाह गरेको सक्रिय भूमिका, योगदान र समर्पणको कदर गर्दै उनलाई अभियान दूत नियुक्त गरिएको आयोजक संस्थाले बताएको छ ।

Classic Tech Desktop

कल्प इम्पावर वेमेन नेपालले राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशीलता र किशोरी सशक्तिकरणको मुद्दामा वकालत तथा अनुसन्धानको काम गर्दै सामाजिक रुपान्तरणमा सहयोग गरिरहेको छ ।

सो क्रममा सामाजिक अभियान दूतको रुपमा अनुवन्ध भएकी नायिका एलिजा गौतमले आफू यो अभियानमा जोडिन पाउँदा खुशी लागेको बताईन् । उनले आफूहरुले काम गरेर देखाउनपनि प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिकृया