आहा रारा गोल्डकपको फाइनल आज, पुलिस र ब्ल्याक बुल्स भिड्दै
प्रकाशित मिति
२०८१ फाल्गुन ३ गते, शनिबार १०:३२

फाल्गुण ३, २०८१ पोखरा : आहा रारा पोखरा गोल्डकपको २४औँ संस्करणको फाइनल खेल आज हुँदैछ ।
यस वर्षको फाइनलमा विभागीय नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दै छन् । फाइनल खेल दिउँसो २ बजेदेखि पोखरा रङ्गशालाको खेल मैदानमा हुदै छ ।
यस प्रतियोगिताको सुरुवात विसं २०५८ मा क्याराभान गोल्डकपको रूपमा भएको थियो र यति लामो समयमा कुनै वर्ष पनि यो रोकिएको छैन । पुलिस क्लबले क्याराभान गोल्डकपदेखि हालसम्म छ पटक उपाधि चुमिसकेको छ र अब सातौँ उपाधिको खोजीमा छ । पुलिसले विसं २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ मा उपाधि उचालेको थियो। ब्ल्याक बुल्स भने पहिलो सहभागितामै उपाधि जितेर घर फर्कन चाहन्छ ।
विजेता टोलीले १२ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी, सर्वोकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई २५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार प्रदान गरिने आयोजक सहारा क्लबले जानकारी दिएको छ ।
प्रतिकृया