• ४ साउन २०८३, सोमबार
  • ७:५८ बेलुका

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाढी बढाउने सहमति

प्रकाशित मिति

२०८१ फाल्गुन २ गते, शुक्रबार ०२:५५

फाल्गुण २, २०८१ काठमाडौँ: कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमती भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिब र प्रधानसेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो ।

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटवल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतीपछि लामो समयदेखि असहमती देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको हो ।

Kamana Sewa

बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गरेका थिए । सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरुले आ–आफ्नो धारणा राखेका थिए ।

Classic Tech Desktop

२०७८ माघमा विमानस्थल पुर्ननिर्माणका लागि ठेक्का भएको थियो । भने हाल एक हजार तीन सय मिटर विमानस्थलको रन्वे कालोपत्रे हुने चरणमा पुगिसकेको छ ।

विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमती हुन नसक्दा निर्माण प्रभावित हुदै आएको थियो । शुक्रबारको बैठकमा सम्वद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रन्वे निर्माणको काम तत्काल सुरु गर्ने सहमती भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
‘यसअघि पनि छुट्टा-छुट्टै धेरै चरणमा सहमती र निकासका लागि छलफल भए तर निकास निस्केको थिएन ।’ उनले भने, ‘आज सम्वद्ध निकायको संयुक्त बसाइले सहमती भएर विमानस्थलको निर्माण तत्काल अघि बढ्यो भयो ।’

विमानस्थल निर्माणका क्रममा वन क्षेत्रको पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्यांकन पनि संगै गर्दै जाने विषयमा सहमती भएको छ ।

‘विमानस्थलका चाहिने सेनाको जग्गा ( फुटवल मैदान र आवास भएको स्थान) मा सेनाको सहमती भएकाले तत्काल काम अघि बढ्ने भयो ।’ मन्त्री लेखकले भने, ‘विमानस्थलका लागि आवश्यक पर्ने सोही क्षेत्रको बाँकी जग्गाको विषयमा ईआइएपनि संगसंगै गर्दै अघि बढ्ने भयो ।’

प्रतिकृया