• ३ असोज २०८३, शनिबार
  • ४ः०५ बेलुका

टस जितेर थाइल्यान्डले रोज्यो ब्याटिङ

प्रकाशित मिति

२०८१ माघ २२ गते, मंगलवार १२:४२

माघ २२, २०८१ काठमाडौँ: नेपाल महिला टी २० अन्तर्राष्ट्रिय त्रिदेशीय शृखलामा नेपालसँगको दोस्रो खेलमा थाइल्यान्डले टस जितेर ब्याटिङ रोजेको छ।

National Life

कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा थाइल्याण्डले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ थालेको हो। आजको खेलमा नेपालले युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ।

नेपाल अहिलेसम्म नेदरल्यान्डसँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको छ। नेपाल पहिलो जितेको खोजीमा हुनेछ। नेपालले यो खेलबाहेक अझै दुवै देशसँग एक/एक खेल खेल्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालको आजको प्लेइङ ११ मा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता जोशी, मनिषा उपाध्याय, रोमा थापा, ममता चौधरी र रचना कुमारी चौधरी रहेका छन्।

प्रतिकृया