मधेशवादी ८ दलको बैठक सिंहदरबारमा
प्रकाशित मिति
२०८१ माघ १७ गते, बिहीबार ०४:११
माघ १७, २०८१ काठमाडौँ: मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न ८ दलका शीर्ष नेताहरु सम्मिलित बैठक बसेको छ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बिहीबार दिउँसो बसेको हो । बैठक अहिले पनि जारी रहेको छ ।
केही समयदेखि मधेशवादी दलहरुको मोर्चा बनाउने विषयमा दलहरु जुटेका छन् । आजको बैठकमा जनता समाजवादी पार्टी नेपालले अगुवाइ गरेको छ भने जनता समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी सहभागि रहेका छन् ।

ती आठ दलबीच मुद्दा केन्द्रित सहकार्यका लागि छलपल गर्न दलहरुले वार्ता समिति समेत बनाएका छन् । बैठकमा जसपा नेपालबाट राजकिशोर यादव, रामकुमार शर्मा र मनिष सुमन सहभागि रहेका छन् । त्यस्तै जसपाबाट रेणु यादव, जनमत पार्टीबाट शरदसिंह यादव, नागरिक उन्मुक्ति पार्टीबाट लालविर चौधरी र गंगा चौधरी सहभागि हुँदा लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सहभागि भएका छन् ।

यता राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश राय, केशव झा र सन्तोष मेहता सहभागि रहँदा जनता प्रगतीशील पार्टीबाट हृदयेश त्रिपाठी, शिवजी यादव र सब्बीर हुसैन सहभागि रहेका छन् । त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द्र लाल र विजय सिंह बैठकमा सहभागि रहेका छन् ।




प्रतिकृया