• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

ओखलढुंगामा सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

प्रकाशित मिति

२०८१ माघ १७ गते, बिहीबार १२:४५

माघ १७, २०८१ ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अन्तर्गत भँडारे खोलामा सुमो दुर्घना हुँदा तीजनाको घटनास्थलमै मृत्यु भएको छ ।

खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो बिहीबार बिहान ६:३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

दुर्घटनामा ५६ वर्षीया माया देवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

Classic Tech Desktop

ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदा दुर्घटना भएको हो । सो दुर्घटना राती नै भएको हुन सक्ने स्थानीयबासीले जनाएका छन् ।

बिरामी माया गुरुङलाई उपचारका लागि उनका छोरा छोरीले काठमाडौं लिएर हिँडेको अवस्थामा दुर्घटना भएको बताइएको छ । दुर्घटनाबाट तीनैजनाको घट्नास्थलमै मृत्यु भएको छ । सुमोमा चालकसहित ४ जना सवार रहेको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया