• १६ भदौ २०८३, बुधबार
  • ११:५३ बिहान

सरकार धेरै समस्याहरूलाई हल गर्न द्रुत गतिमा अघि बढिरहेको छ: अर्थमन्त्री पौडेल

प्रकाशित मिति

२०८१ माघ १० गते, बिहीबार ०८:४७

माघ १०, २०८१ काठमाडौँ: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार गुणस्तरीय सेवा र सुशासनका लागि द्रुत गतिमा काम गरिरहेको बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवमा बोल्दै उनले समस्याका चाङ भए पनि सुधारका लागि सरकारले अध्यादेश ल्याएको बताए। अर्थतन्त्रलाई चलायमान बनाउन सबैको सहयोग आवश्यक रहेको र बैंकिङ प्रणालीको तरलता उत्पादन र रोजगारीमा लगाउन आग्रह गरे।

Kamana Sewa

विदेशी लगानी अभिवृद्धिमा सरकार प्रतिबद्ध रहेको भन्दै पौडेलले व्यवसायिक वातावरण सुधारमा सरकार अग्रणी भूमिकामा रहेको बताए।

Classic Tech Desktop

प्रतिकृया