रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
प्रकाशित मिति
२०८१ माघ ६ गते, आईतवार ०१:३९

माघ ६, २०८१ बुटवल : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा लामिछानेसहित थप १४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको छ ।
रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबी गरिएको छ ।
प्रहरीले दिएको सुरुको प्रतिवेदनमा २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १४ जना थप गरेर प्रहरीले ४२ जनालाई मुद्दा चलाउनु पर्ने राय प्रतिवेदनमा सरकारी वकिलको कार्यालयमा दिएको थियो ।
लामिछाने कास्की र काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा हाल हिरासत बाहिर रहेका छन् ।
Related
Recent News
- समाज रूपान्तरणका बाँकी काम पुरा गर्ने जिम्मेवारी हाम्रो काधमा छ- प्रचण्ड
- लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायी बिच व्यापारिक सहकार्य / बसका यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने
- आज विश्व रेडियो दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै
- इङ्लिस प्रिमियर लिग: लिभरपुल र एभर्टनले अंक बाँडे
- च्याम्पियन्स लिग प्लेअफ: सेल्टिकमाथि बायर्न म्युनिखको जित
- ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी, युक्रेनयुद्ध रोक्न वार्ता हुने
- कस्तो रहला आज दिनभरको मौसम ?
- साँखुमा बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते
- मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवाहरुबीच सहमति
- सेयर बजार सामान्य अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
- एमालेको सचिवालय बैठक बस्दै
प्रतिकृया