शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
प्रकाशित मिति
२०८१ माघ २ गते, बुधबार ०२:१०

माघ २, २०८१ काठमाडौँ: शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर नेपाल सरकारको एक मात्र प्रमुख अङ्ग प्रत्यारोपण केन्द्र भएको र यस अन्तर्गत मानव शरीरका विभिन्न अङ्गहरुको प्रत्यारोपण गराउने उद्देश्यले स्थापना भएको संस्था हो । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा स्थापना भइ भक्तपुर अस्पतालको भवनवाट यसले आफ्नो सेवा सञ्चालन गर्दै आएको छ भने शरीरका सबै अङ्गहरुको प्रत्यारोपण गराउने कार्य यस अस्पतालको रहेता पनि यसले प्रमुख रुपमा मृगौला प्रत्यारोपणको कार्यलाइ प्रभावकारी रुपमा सञ्चालन गर्दै आइरहँदा अस्पतालको उद्देश्य भावना नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले नेपाली नागरिकलाइ दिने सुविधा विस्तार गर्न र सबै सुविधा सञ्चालन गर्न हाल सञ्चालनमा रहेको भवन जग्गा अपर्याप्त र आफ्नो नभएको हुँदा अस्पताल प्रशासन बाट मिति २०७५ साल देखि अस्पताल विस्तारको लागि आवश्यक जग्गा खोजी कार्य हुँदै गएको थियो तत् पश्चात अस्पताल प्रशासनले देशका विभिन्न ठाउँहरुको जग्गा अवलोकन पश्चात चा.न.पा. वडा नं. ३ मा रहेको थानाको पाखा भन्ने ठाउँको जग्गा अस्पताल प्रशासनले निरिक्षण गरि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयको अनुमती पश्चात प्रकृयागत रुपमा जग्गा प्राप्ति प्रकृयामा गएको थियो र चा.न.पा. ३ को जग्गा माग प्रक्रिया अस्पताल प्रशासनले अघि बढाएको थियो सोहि क्रममा प्रक्रियागत रुपमा भएका कार्यहरु निम्न रहेका वडा अध्यक्ष श्याम सुन्दर धिमालले बताएका छन् ।
१. मिति २०७७/०६/२१ गते चाँगुनारायण नगरपालिकालाई चा.न.पा. ३ को जग्गा प्राप्तिको लागि माग गरेको थियो ।
२. चाँगुनारायण नगरपालिका कार्यपालिकाले उक्त अस्पतालको माग बमोजिम मिति २०७७/०६/२५ गतेको कार्यपालिका बैठकले चा.न.पा. वडा नं. ३ स्थित थानाको पाखाको सार्वजनिक पर्ति जग्गा नेपाल सरकारको प्रचलित कानून बमोजिम प्राप्त गर्न सिफारिस गर्ने निर्णय सहित अस्पताललाई पत्राचार गरेको थियो ।
३. मिति २०७७/०६/२८ गते अस्पतालले चा.न.पा. वडा नं. ३ थानाको पाखाको कि.नं. ११३ २१ गरि २ कित्ता जग्गा प्राप्त गर्न स्वास्थ्य मन्त्रालयको अनुमति माग गरेको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले च.नं. २५३ मिति २०७७/०७/०२ को पत्रबाट हाला चा.न.पा. बडा नं. ३ साबिक झौखेल गा.वि.स. वडा नं. ३ को ३१ रोपनी ७ आना जग्गा अस्पतालको नाममा लिजमा पाउनको लागि स्थानीय सिफारिस समितिबाट सिफारिस गरि पाउँ भनी प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई संबोधन गरी जग्गा माग गरेको थियो । उक्त मागका आधारमा मिति २०७७ साल कात्तिक १२ गते स्थानीय सिफारिस समितिको बैठक प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे ज्यूको संयोजकत्वमा बैठक बसी उक्त बैठकले अस्पतालले पेश गरेको मिसिलमा संलग्न कागजात अध्ययन गरि हेर्दा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको माग निवेदन, चाँगुनारायण नगरपालिकाको सिफारिस, स्वास्थ्य मन्त्रालयको सहमति, गृह मन्त्रालयको सहमति, भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरबाट प्राप्त जग्गा धनी श्रेष्ता स्थलगत सर्जमिन, फिल्ड प्रतिवेदन नापी कार्यालयवाट प्राप्त नापी नक्सा फिल्डबुक प्रसावित ट्रेस नक्सा फिल्ड प्रतिवेदन, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको जग्गा प्राप्त गर्ने मागको औचित्यताको आधारमा उक्त केन्द्रलाई उपलब्ध गराउन न्युनतम वार्षिक लिज रकम ३,३१,९८०।- जग्गा प्राप्त गर्न अस्पतालले राजश्च बापत सरकारी कोषमा दाखिला समेत भएकोले भूमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल मार्फत नेपाल सरकार भूमि व्यवस्था मन्त्रालय सिंहदरवारलाई चा.न.पा. वडा नं. ३ थानाको पाखाको ३१ रोपनी ७ आना जग्गा सिफारिस गरिएको थियो ।
४. भूमि व्यवस्था मन्त्रालयको मिति २०७७/०८/१७ को चा.न.पा. बड़ा नं. ३ को भानाको पाखाको सार्वजनिक प्रति जग्गा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणको नाममा लिजमा जाने भनी २०७८/०२/१३ को मन्त्रीपरिषद बैठकचाट निर्णय भएको र सो निर्णयका आधारमा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत देवि व. भण्डारी र अस्पतालका कार्यकारी निर्देशक विच सम्झौता हस्ताक्षर भई मिति २०७८/०२/१८ गते लिज सम्झौता जग्गाधनी प्रमाण पत्र अस्पतालले आफ्नो नाममा लिएको छ ।
५. यसरी चा.न.पा. बडा नं. ३ को जग्गा प्राप्ति गरिसकेपछि प्रारम्भिक स्थलगत नापी कार्य समेत स्थानीय जनप्रतिनिधि र जग्गावालाहरुको रोहवरमा २०७८ असार महिनामा भएको थियो तत्पधात वर्षातको समय सकिएपछि पूर्ण रूपमा नाप जाँच गरि अस्पताल निर्माणको कार्य अघि बढाउने भनी आराधासन दिएको अस्पताल प्रशासनलाई पटक पटक अनुरोध गरिरहेका छौ। अस्पतालको आवश्यकता र मागका आधारमा स्थानीय सिफारिस समितको सिफारिसका आधारमा नेपाल सरकार मन्त्रीपरिषदले गरेको निर्णयलाई कार्यान्वयन गर्नको लागि अस्पताल प्रशासन, स्वास्थ्य मन्त्रालय र नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछौ ।
अस्पताल प्रशासनले चा.न.पा. बडा नं. ३ घानाको पाखाको जग्गा प्राप्तिका लागि निम्न मिति अनुसार गरेका कार्यहरुः
१. मिति २०७७/०६/२१ गते अस्पतालले नगरपालिकासँग चा.न.पा. वडा ३ को जग्गा मात्र माग भट्ट आएको ।
२. मिति २०७७/०६/२५ गतेको कार्यपालिका बैठकले नेपाल सरकारको नियम अनुसार सिफारिस गर्ने निर्णय गरेको।
३. मिति २०७७/०६/२८ मा अस्पतालले स्वास्थ्य मन्त्रालयलाइ चा.न.पा. वडा ३ को जग्गा प्राप्तिको लागि अनुमती माग गरि पत्राचार गरेको ।
४. मिति २०७७/०७/०५ गते चा.न.पा. वडा ३ को कि.नं…… जग्गा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग गरेको जग्गामा सहमती रहेको सचिव स्तरीय निर्णय भएको ।
५. मिति २०७७/०७/०२ मा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा जग्गा प्राप्तिको सिफारिस गर्न माग गरेको ।
६. मिति २०७७/०७/१२ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरले चा.न.पा. वडा नं. ३ को प्रति जग्गा अस्पतालको मागका आधारमा सिफारिस गरिएको ।
७. मिति २०७७/०८/१७ गते मन्त्रीपरिषद बैठकमा प्रस्ताव पेश भएको ।
८. मिति २०७८/०२/१३ मन्त्रीपरसषद बैठकले निर्णय गरेको ।
९. मिति २०७८/०२/१८ अस्पताल र मालपोत कार्यालयबीच सम्झौता भएको ।
१०. मिति २०७८/०२/१८ अस्पतालका नाममा जग्गा लिज सम्झौता प्रमाणपत्र प्राप्त भएको ।
प्रतिकृया