• 2:22 pm

विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई

प्रकाशित मिति

२०८१ माघ २ गते, बुधबार १२:५७

माघ २, २०८१ काठमाडौँ: सरकारको काम कारबाहीबारे विपक्षी दलको साझा धारणा बनाउन दुई सदस्यीय कार्यदल गठन भएको छ । बुधबार प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको आह्वानमा बसेको बैठकले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एसका नेता वेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो ।

कार्यदलले बेलुकासम्म ड्राफ्ट तयार गर्ने सहमति भएको छ । ड्राफ्टमा सरकारले ल्याएको अध्यादेश, ६ महिनाको काम कारबाही, संसद् अधिवेशन बोलाउने विषय, समसामयिक विषय समेट्ने विपक्षी दलको तयारी छ ।

त्यसबारे धारणा सार्वजनिक गर्न उनीहरूले भोलि पत्रकार सम्मेलनसमेत आयोजना गर्ने भएका छन् । पत्रकार सम्मेलनमा जानुअघि विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको माओवादी केन्द्रका नेता पुनले जानकारी दिए ।

विपक्षी दलहरुको बैठकमा नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायतको बैठकमा सहभागिता थियो ।

प्रतिकृया