• 1:41 pm

यस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८१ माघ २ गते, बुधबार ०८:१९

माघ २, २०८१ काठमाडौँ: हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू-भागमा हुस्सु /कुहिरो लागेको अवस्था छ ।

आज कोशी प्रदेशमा दिउँसो आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राती हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यसैगरी बागमती प्रदेशमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा आज आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशमा आज आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशमा आज आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

आगामी २४ घण्टा तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको अवस्था रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया