• 12:03 pm

इन्जिनियरविरुद्ध करिब पाँच करोडको मुद्दा लिएर अख्तियार विशेष अदालत पुग्यो

प्रकाशित मिति

२०८१ पुष २८ गते, आईतवार ०२:११

पुष २८, २०८१ काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सम्बन्धी आरोप पत्र जलश्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध करिब पाँच करोडको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरिएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिँचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत तत्कालीन इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरूबाट ठेकेदारहरूसँग मिलेमतो गरी कमिसन लिई काठमाडौँ, ललितपुर लगायत विभिन्न स्थानहरूमा घर घडेरी जग्गाहरू, गाडी खरिद तथा विभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको र विभिन्न व्यक्तिहरूको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाई स्रोत नखुलेको गैर कानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ ।

श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६/०३/३० गतेदेखि मिति २०७७/०३/३१ गतेसम्मको जाँच अवधिमा तलब भत्ता रु.३२,०३,२६७.९४, बाबु हरि कुमार श्रेष्ठको तलब भत्ता रु.२,८२,४०४, बाबुको उपदान बिदा बापत आय रु.६,२२,८६२.६२, कम्पनीहरूको मुनाफा आय रु.२०,८३,६३७.६९, श्रीमती लक्ष्मी कुमारी श्रेष्ठको पारिश्रमिक आय रु.१३,६६,३७५, छोरीको पारिश्रमिक आय रु.३,३१,५००, छोराको पारिश्रमिक आय रु.११,७९,४६०, जग्गा बिक्री (पैतृक र आर्जित दुवै) आय रु.१,८९,६३,०३६.६९, कृषि आय रु.२१,४९,९३२.६१, बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा आय रु.७,१७,६७,९६७.६२, घर बहाल आय रु.३३,८१,५८६.६६, नगद लाभांश रु.२,४०,१६७.८७, बीमा परिपक्व आय रु.२,१०,५४५.२१, बैंक ब्याज आय रु.२,०५,७७०.५९, जग्गा बिक्रीको बैना बापतको आय रु.९७,२००.०० र शेयर बिक्री आय रु.६४,७९,४८४.६७ गरी जम्मा रु.११,२५,६५,१९९.१७ (एघार करोड पच्चीस लाख पैसठ्ठी हजार एक सय उनान्सय रुपैयाँ र पैसा सत्र) निजको वैधानिक आयको स्रोत खुल्न आएको देखिएको अख्तियारको दाबी छ ।

engineer

प्रतिकृया