• ४ साउन २०८३, सोमबार
  • ९:२१ बेलुका

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन

प्रकाशित मिति

२०८१ पुष २५ गते, बिहीबार ०४:१५

पुष २५, २०८१ काठमाडौँ: पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America) स्थापना भएको छ । अमेरिकी कानुन अनुसार हालै अमेरिकामा दर्ता भएको महासंघले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको छ । संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ भने संसार भर विभिन्न देशहरूमा देश स्तरीय शाखा पनि गठन गर्ने तयारी महासङ्घले गरेको छ । लामो समय क्रियाशील भएका देखि नयाँ सम्मका वरिष्ठ पत्रकारहरू कार्य समितिमा रहनुभएको छ भने आगामी दिनमा महासङ्घ लाई बिस्तार गर्दै लगिने र संस्थामा पेशागत पत्रकारहरू मात्र रहने महासङ्घले स्पष्ट गरेको छ ।

बरिष्ठ पत्रकारहरु कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एबम अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल, मोफसलको दैनिक पत्र, जन सङ्घर्षका प्रधान सम्पादक डा. बाल कृष्ण चापागाईँ, यसै गरी गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष पुरु घिमिरे, कान्तिपुर दैनिक देखी विभिन्न हिमालय खबरका प्रधान सम्पादक विजय घिमिरे महासङ्घको सल्लाहकार रहनुभएको छ । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको को नव गठित कार्य समितिको अध्यक्षमा नेपाल मदर डट कमका प्रधान सम्पादक, एभेन्ज्युज खबर टेलिभिजनका अमेरिका सम्पादक एवं प्रसिद्ध कलाकार रामप्रसाद खनाल रहनुभएको छ ।

Kamana Sewa

महासङ्घको उपाध्यक्षमा बरिष्ठ पत्रकारहरु क्रमशः जनता प्रसारण तथा प्रकाशन लिमिटेड(जनता टेलिभिजन, रेडियो जनता ८९.१ मेघाहर्जका सामाचार निर्देशक टंक पन्त , अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पाक अखण्ड भण्डारी, योहो टेलिभिजनका समाचार निर्देशक जीवराम भण्डारी, एभेन्युज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला रहनुभएको र अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ रहनुभएको छ ।

Classic Tech Desktop

यसै गरी महासङ्घको महासचिवमा स्वतन्त्र पत्रकार, खोज पत्रकारिताका लागि परिचित माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियर टङ्क दाहाल रहनुभएको छ भने सचिवमा अनिल अधिकारी र कोषाध्यक्षमा अर्जुन दाहाल रहनुभएको छ ।

यसै गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा इनेप्लिज डट कमका प्रधान सम्पादक विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक नवराज कुँवर, दिनेश कार्की, गोरखापत्रमा लामो समय काम गर्नुभएका कृष्णराज खनाल , क्यानाडाबाट विगत २० वर्ष देखि नमस्ते रेडियो र कार्यक्रम सञ्चालन गर्दै आउनु भएका अनिल थापा, लामो समय देखी विभिन्न मिडियाहरूमा काम गर्दै आउनुभएका युवा पत्रकार सुमन दाहाल, अस्ट्रेलियाबाट देशान्तर देखी अन्य मिडियाहरूमा काम गरेका अर्का पुराना पत्रकार सुरेन्द्र सापकोटा रहनुभएको छ ।

सबै महादेशहरूबाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घलाई पूर्णता दिने गरी केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गर्ने तयारी रहेको बताइएको छ । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले नेपाली पत्रकारहरूलाई मात्र होइन विभिन्न देशका पत्रकारहरूलाई समेट्दै जाने र जुन सुकै देशको पेशागत पत्रकार पनि यसमा आबद्ध हुन पाउने विधानमा व्यवस्था गरिएको छ ।

प्रतिकृया