• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

लामिछानेसहितको मुद्दामा सरकारी वकिलको जवाफी बहस समाप्त

प्रकाशित मिति

२०८१ पुष २५ गते, बिहीबार ०१:५२

पुष २५, २०८१ काठमाडौँ: सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्धामा सरकारी वकिलको जवाफी बहस सकिएको छ ।

बहसको अन्तिममा न्यायाधीश नीतिज राईको इजलासमा जारी सुनुवाइका क्रममा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न दिएको समयभित्र लामिछानेले सहकारी पिडितको बचत फिर्ता ल्याउन उक्त प्रतिबद्धता जनाएका छन् ।

Kamana Sewa

लामिछानेले आफुलाई धरौटी वा तारेखमा बसेर पुर्पक्ष गर्ने व्यवस्था गरिदिन अदालतसमक्ष माग गरेका थिए । गृहमन्त्री हुँदा समेत शक्तिको दुरुपयोग नगरेको जिकिर गर्दै लामिछानेले अब पनि दुरुपयोग नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

Classic Tech Desktop

कास्की अदालतले बिहीबारनै थुनामा राखेर पुर्पक्ष गर्ने वा रिहा गरेर मुद्दाको अनुसन्धान अघि बढाउने भन्नेबारे आजै आदेश गर्ने सम्भावनालाई ध्यानमा राख्दै अदालत परिसरसहित पोखराका प्रमुख स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिकृया