• ५ साउन २०८३, मंगलबार
  • १२:१० बिहान

राष्ट्रिय ख्रीष्टियन महासंघको विशेष विशेष महाधिवेशन सम्पन्न, अध्यक्षमा चिमोरिया

प्रकाशित मिति

२०८१ पुष २५ गते, बिहीबार १०:०९

पुष २५, २०८१ काठमाडौँ: राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्षमा उद्धब प्रसाद चिमोरिया सर्वसम्मतिले चयन भएका छन् । पुस २३ गते सम्पन्न विशेष महाधिवेशनले चिमोरियको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो, बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी महासंघले जानकारी गराएको छ ।

नवनिर्वाचित अध्यक्ष चिमोरियाले पत्रकार सम्मेलनमा बोल्दै लामो समयदेखिको साङ्गठनीक निष्कृयतालाई महाधिवेशनले अन्त्य गरेको जनकारी दिए । चिमोरियाले तत्कालिन अध्यक्ष सिवी गहतराज कानुनी हिसाबले अयोग्य भएपछि विशेष महाधिवेशन गर्नु परेको बताउँदै भने,“गहतराज जीलाई सम्मनित काठमाडौं जिल्ला अदालतले लिखत किर्ते कशुरमा एक वर्ष कैद फैसला सुनाएपछि नयाँ कमिटी चयन गर्नु पर्ने बाध्यता भयो ।”

Kamana Sewa

संगठन लामो समयदेखि अनिर्णयको बन्दी बन्दा देशभरी ख्रीष्टियन समुदायमाथिको ज्यादती बढेको बताउँदै भने,“हाम्रो निष्किृयताको कारण समुदयामाथि अन्याय गर्नेहरुलाई राज्य पक्षबाटै संरक्षण हुँदा पनि केही गर्न सकिएको थिएन, तर अब हामी निर्वाद त्यसको कडारुपले प्रतिवाद गर्नेछौं ।”

Classic Tech Desktop

पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमुख विष्णु परियारले मंगलबार सम्पन्न विशेष महाधिवेशन तथा साधारण सभाको विषयमा जानकारी दिएका थिए । उनका अनुसार नवनिर्वाचित केन्द्रीय कार्य समिति चयनका लागि अधिवक्ता बद्रिबहादुर दुलालले निर्वाचन मण्डलको संयोजन गरेको थिए भने अध्यक्ष मण्डलको संयोजक पास्टर कृष्ण के.सी.रहेका थिए ।

निर्वाचन समिति र अध्यक्ष मण्डको तर्फबाट पेश गरिएको नवनिर्वाचित कार्यसमिति महाधिवेशनबाट सर्वसम्मतले पारित गरिएको थियो ।

प्रतिकृया