• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरि प्रसाद पौडेललाई स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना

प्रकाशित मिति

२०८१ पुष २३ गते, मंगलवार ०७:५५

पुष २३, २०८१ काठमाडौँ: बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष श्री हरि प्रसाद पौडेललाई नेपाल डेरी एसोसिएसनको केन्द्रीय कार्यालयले विशेष कार्यक्रमका बीच स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ।

National Life

एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका पदाधिकारी तथा दुग्ध क्षेत्रमा संलग्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा सहभागी दुग्ध व्यवसायीहरूले दुग्ध क्षेत्रमा राज्यको तर्फबाट अभिभावकको भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष पौडेलले बागमती प्रदेश दुग्ध विकास बोर्डले सरकार, किसान, र दुग्ध क्षेत्रको समग्र विकासका लागि नीतिगत व्यवस्थासहित विशेष सहुलियतपूर्ण कार्यक्रम लागू गरी बागमतीलाई नमुना प्रदेशका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष जयराम घिमिरे, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, र केन्द्रीय उपाध्यक्ष मनोज घिमिरेले उपाध्यक्ष पौडेललाई बधाई तथा शुभकामना दिंदै दुग्ध क्षेत्रका समस्या र समाधानबारे सुझाव राखेका थिए।

कार्यक्रममा एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उपाध्यक्ष पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कृषक र दुग्ध विकासका क्षेत्रमा बोर्डको महत्त्वपूर्ण भूमिका रहने अपेक्षा गरेका थिए। उनले दुग्ध क्षेत्रको समग्र विकासमा सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए।

यस अवसरमा दुग्ध क्षेत्रको वर्तमान अवस्था, अवसर, र चुनौतीका विषयमा संस्थाले तयार पारेको “डेरी दर्पण” पुस्तक र वार्षिक क्यालेन्डर अध्यक्ष दाहालले उपाध्यक्ष पौडेललाई प्रदान गरेका थिए।

प्रतिकृया