• ४ साउन २०८३, सोमबार
  • ७:५० बेलुका

विश्वप्रकाशको पुर्वराष्ट्रपति भण्डारीलाई सुझाव- राजनीतिमा आउनुभन्दा सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्ने

प्रकाशित मिति

२०८१ पुष १९ गते, शुक्रबार ०३:३३

पुष १९, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किने सुझाव दिएका छन् ।

शुक्रबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्धारा लिखित ‘आमा,सपना र ताराहरु’ कृति विमोचन कार्यक्रममा बोल्दै शर्माले पुर्व राष्ट्रपति भण्डारी अब राजनीतिमा आउनुभन्दा सामाजिक रुपान्तरणको नायक बन्नुपर्ने धारणा राखेका थिए ।

Kamana Sewa

उनले भने- ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ । यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो । यदि मलाई कसैले सोध्छ भने म अहिलेसम्मका दुवै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवहरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु ।’

Classic Tech Desktop

नेकपा एमालेकी तत्कालीन उपाध्यक्ष रहेकी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएपछि फेरि सक्रिय रानीतिमा फर्किन तयारी गरिरहेको अहिले चर्चा रहेको छ ।

प्रतिकृया