• ४ साउन २०८३, सोमबार
  • ७:५० बेलुका

भीम रावल भन्छन् : ‘ओलीले दम्भ र निषेधको नीति लिएका छन्’

प्रकाशित मिति

२०८१ पुष १७ गते, बुधबार ०३:१७

पुष १७, २०८१ काठमाडौँ: नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आफू अध्यक्ष केपी शर्मा ओलीको कोपभाजनमा परेको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले ओलीले आफूलाई स्पष्टीकरण नभई दोषपत्र थमाएको समेत बताए ।

रावलले भने, ‘केपी ओलीको कोपभाजनमा परेँ । स्पष्टीकरण हो कि दोषपत्र ?’ त्यस्तै ओलीसँग समय मिलाउन कात्तिकमा वार्ता प्रयास गरे पनि असफल भएको उनले बताए । ओलीले दम्भ र निषेधको नीति लिएको समेत उनको भनाइ छ । ‘ओलीसँग समय मिलाउन कात्तिकमा वार्ताको प्रयास गरेँ । ओलीको दम्भ, निषेधको नीति होइन र ? निरंकुशताको झल्को दिँदैन र ? नेकपामा द्वन्द्व चर्काउने केपी ओली । पार्टी गतिविधिमा निषेध गरियो । ओलीले थुप्रै जवाफ दिनुपर्छ,’ उनले भने ।

Kamana Sewa

त्यस्तै ठूला दल सिद्धान्तहीन बाटोमा हिँडेको पनि नेता रावलको आरोप छ । उनले ठूला पार्टीमा पद लिने होड भएको उल्लेख गर्दै देशव्यापी भ्रष्टाचार बढेको समेत बताए । ‘भ्रष्टाचारमा ठूला व्यक्ति संलग्न छन् । ठूला भनिएकालाई जोगाउन प्रयास भइरहेको छ । ठूला दलले विदेशी हस्तक्षेप निम्त्याएका छन् । सत्ताको दुरुपयोग गरी नव तानाशाह बन्न खोज्दैछ्न्,’ उनले भने । त्यस्तै अहिलेको सरकारले समाजवाद ल्याउने कुरा नपत्याउन आग्रह गर्दै उनले भने, ‘ केपी ओलीले समाजवाद ल्याउने कुरा पत्याइदिनुपर्ने हो ?’

Classic Tech Desktop

पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेको भन्दै तीन नेतालाई एमालेले गत बुधबार कारबाही गरेको थियो । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । रावललाई पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएकाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको एमालेले जनाएको छ ।

प्रतिकृया