• ५ साउन २०८३, मंगलबार
  • १०:३० बिहान

ललितपुर महानगरपालिकाद्धारा कोन्ज्योसोम गाउँपालिकाकालाई ५० लाख सहयोग

प्रकाशित मिति

२०८१ पुष ११ गते, बिहीबार १०:३०

पुष ११, २०८१ ललितपुर: ललितपुर महानगरपालिकाले कोन्ज्योसोम गाउँपालिकालाई पचास लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।

गत असोज ११ र १२ गतेको अविरल बर्षापछिको बाढी पहिरोबाट प्रभावितहरुको लागि राहत सहयोग र पूर्वाधार निर्माणका लागि महानगरपालिकाले कोन्ज्योसोम गाउँपालिकालाई आर्थिक सहयोग गरेको हो । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले बाढी र पहिरो प्रभावित ललितपुर जिल्ला भित्रका कोन्ज्योसोम लगायत अन्य गाउँपालिकालाई पनि आर्थिक सहयोग प्रदान गरिएको बताउनुुभयो ।

Kamana Sewa

महानगरपालिकाले प्रदान गरेको चेक महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामालाई हस्तान्तरण गर्नुभएको छ । उक्त समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवाराज आचार्यको समेत उपस्थिति रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया