• 3:45 pm

कीर्तिपुर नगरपालिकामा भोलि सार्वजनिक बिदा

प्रकाशित मिति

२०८१ मंसिर २४ गते, सोमबार ११:४२

मंसिर २४, २०८१ काठमाडौँ: काठमाडौंको कीर्तिपुर नगरपालिकामा मंगलबार (भाेलि) सार्वजनिक बिदा दिइएको छ । आइतबार बसेको नगरपालिकाको बैठकले भाेलि नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्पराअनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

प्रतिकृया