• 5:07 am

एनपिएलमा सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरबाट थप तीन जना पक्राउ

प्रकाशित मिति

२०८१ मंसिर २० गते, बिहीबार १२:४०

मंसिर २०, २०८१ काठमाडौँ: काठमाडौंको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनीहरूले विभिन्न एपको प्रयोग गरी सट्टेबाजी गरिरहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा भारतको विहारका सन्जयकुमार सिंह, रोहित शर्मा र प्रिंशु सिंह छन् ।

यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो । यसअघि पक्राउ पर्नेमा सुमन धोष, अमित यादव, सुमन्त कुमार र ब्रजेश कुमार छन् ।

उनीहरुले स्पोर्ट बाजी, प्रोबो लगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिकृया