• ५ असोज २०८३, सोमबार
  • ७ः५४ बिहान

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८१ मंसिर २० गते, बिहीबार ०१:१०

मंसिर २०, २०८१ काठमाडौँ: नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” कार्यक्रम सम्पन्न गरेकोछ ।

National Life

कर्णाली प्रदेशबााट लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतज्यूले मायाको चिनो प्रदान गर्नु भएको थियो साथै स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र यस स्किममा छनौट हुने अभिकर्तालाई प्रदेश स्तरिय कार्यक्रम अन्तर्गत सम्मान गरिने कम्पनीको योजाना अनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको र सोही क्रममा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउनु हुँदै अव सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिने जानकारी गराउनु भयो वहाँले यस स्किमामा नेपालभरबाट ३०० भन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, लगायत विविध पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

प्रतिकृया