• ६ असोज २०८३, मंगलबार
  • १०ः५७ बिहान

स्थानीय तह उपनिर्वाचनबाट माओवादी उत्साहित, २०८४ को निर्वाचनमा एक्लै लड्ने निर्णय

प्रकाशित मिति

२०८१ मंसिर २० गते, बिहीबार १२:२८

मंसिर २०, २०८१ काठमाडौँ: नेकपा (माओवादी केन्द्र) ले आगामी २०८४ मा हुने उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । आज (बिहीबार) प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकले हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामको विश्लेषण गर्दै आगामी ०८४ को निर्वाचन एक्लै लड्ने गरी तयारी थाल्ने निर्णय गरेको हो ।

National Life

स्थानीय तहका विभिन्न ४४ पदका लागि देशभरका स्थानमा भएको उपनिर्वाचनमा माओवादीले ११ ठाउँमा जित हासिल गरेको थियो । प्रमुख प्रतिपक्षी दल माओवादी स्थानीय तह उपनिर्वाचनमा दोस्रो भएपछि उत्साहित देखिएको हो ।

बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जनता र आफूहरुको मन एकै विन्दुमा आइपुगेको बताए । उनले माओवादी बीचमा केही अल्मलिएको जस्तो देखिएपनि पुनः जनताको एजेण्डामा फर्किएको बताए । सापकोटाले भने, ‘बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’ उनले माओवादीले काठमाडौंको कीर्तिपुरमा दोस्रो स्थान हाँसिल गरेको कुरालाई पनि जितकै रुपमा लिइनुपर्ने उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

सापकोटाले ‘अब सबै तयारी २०८४ को चुनाव जित्नका लागि’ गर्ने बताए । त्यसका लागि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजाने, पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने उनले जानकारी दिए ।

प्रतिकृया