• 12:32 am

तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८१ मंसिर २० गते, बिहीबार ११:५७

मंसिर २०, २०८१ काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ६५ रुपैँयामा कारोबार भएको थियो ।

प्रतिकृया