• ६ असोज २०८३, मंगलबार
  • १ः३१ दिउँसो

बीआरआईका योजना अनुदानस्वरुप अघि बढाउन चीन सकारात्मक छ : परराष्ट्रमन्त्री राणा

प्रकाशित मिति

२०८१ मंसिर १५ गते, शनिबार ०४:५०

मंसिर १५, २०८१ काठमाडौँ: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरू अनुदान स्वरूप अघि बढाउन चीन सकारात्मक रहेको बताएकी छन्

National Life

चीन भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्टअन्तर्गतका योजनाहरू अनुदानका रूपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन् ।

देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पष्ट पारेको पनि परराष्ट्रमन्त्री देउवाले जानकारी दिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भ्रमणमा दुई देशको परास्परिक सम्बन्धलाई मजबुत बनाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने बारेमा छलफल भएको बताइन् । सो बारेमा चीन सरकारले आफूहरू आन्तरिक सल्लाह गर्ने र निर्णय लिने एवं नेपाललाई पनि आन्तरिक सल्लाह गरेर प्राथमिकताका साथ एजेण्डाहरु ल्याउन आग्रह गरेको बताइन् ।

प्रतिकृया