• १ असोज २०८३, बिहीबार
  • ६ः४६ बेलुका

नेकपाका शिर्षस्थ नेता र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

प्रकाशित मिति

२०८१ मंसिर १३ गते, बिहीबार ०१:२३

मंसिर १३, २०८१ काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ। नेकपाका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटबार्तामा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।

National Life

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार राजेन्द्र सीका उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यन्वयनमा महत्वपूर्ण रहने भन्दै तीन बुँदे सहमति कार्यन्वयनमा पहल लिन सभापति तथा पूर्वप्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । यसैगरी, महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठुलो दल रहेको हुनाले नेपाली कांग्रेसलाई बिशेष पहल लिन आग्रहसमेत गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीले देशैभरी उत्पादनका कार्य गर्दै आएको जानकारी गराउदै उक्त उत्पादनका कार्यलाई सरकारी तवरवाट बिशेष सहयोग उपलब्ध गराउनु पर्ने प्रस्ताब समेत राखेका थिए ।

यसैगरी, उक्त भेटवार्तामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तीन बुँदे सहमति कार्यन्वयनमा आफु दृढ भएको बताउदै सरकारसंग छलफल गरेर यसलाई छिटै टुङ्गोमा पुर्याउने बताएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा छलफल गर्ने र नेकपाको उत्पादन कार्यलाई सघाउने समेत बताएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटवार्तामा सकारात्मक दृष्टिकोण र सहयोगी भावनाका साथ अघि बढ्ने बिषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिकृया