• १० असोज २०८३, शनिबार
  • ६ः५४ बेलुका

जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौ- मन्त्री पाण्डे

प्रकाशित मिति

२०८१ मंसिर १२ गते, बुधबार ०४:०४

मंसिर १२, २०८१ काठमाडौँ: संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाट समेत जोड्नु पर्ने बताएका छन् ।

National Life

बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाईसेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने बताएका हुन् । यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो ।

मन्त्री पाण्डेले अहिलेको अबस्थामा रामको मार्ग दर्शन झनै व्यापक बन्दै गएको बताउदै बिश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई दिन सम्म चल्ने संगोष्ठिमा भगवान रामका विविध पक्षमा चर्चा गरिने छ । संगोष्ठिमा सामेल हुन आएका विभिन्न देश प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधता पुर्ण संस्कृतिलाई विश्वमा पुर्याउन सहयोग गर्न समेत आग्रह गरेका थिए ।

प्रतिकृया